+
+

नेवार समुदायले आज पनि म्हः पूजा गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १२ गते ७:२८

१२ कात्तिक, काठमाडौं । नेवार समुदायका केही व्यक्तिले आज पनि म्हः पूजा गर्दैछन् । नेपाल पञ्चांग निर्णायक समितिले भाइटीकाकै दिन म्हः पूजा गर्ने निर्णय गरेको थियो ।

तर, नेवार समुदायका कतिपय व्यक्तिले भने भाइटीकाको अघिल्लो दिन नै म्हः पूजा गर्ने आफूहरुको परम्परा रहेको भन्दै सोमबार नै म्हः पूजा गरेका छन् । कतिपयले भने पञ्चांग निर्णायक समितिले भनेअनुसार मंगलबार म्हः पूजा गर्न लागेका हुन् ।

मंगलबार म्हः पूजा गरेर बुधबार मात्रै भाइटीका लगाउने उनीहरुको तयारी छ । यस वर्ष बुधबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायका केही व्यक्तिले भाइटीका लगाउन सक्ने छन् ।

हिन्दु तथा बौद्ध दुवै समुदायका नेवार समुदायले म्हः पूजा भाइटीकाको अघिल्लो दिन मनाउने गर्दथे । तर, यस वर्ष तिथि घटबढका कारण भाइटीका र म्हः पूजा एकै दिन परेको छ । त्यसैले काठमाडौं उपत्यकाका नेवार समुदाय र पहाडी जिल्लाका नेवार समुदायले आफ्नो अनुकुल म्हः पूजा र भाइटीका लगाउँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?