+

बी एण्ड आर क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा

२०७६ कात्तिक  १२ गते १७:४६ २०७६ कात्तिक १२ गते १७:४६
बी एण्ड आर क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा

१२ कात्तिक, काठमाडौं । बी एण्ड आर कप महिला क्रिकेटका लागि नेपाली यू-१९ टिम घोषणा भएको छ ।

डोली भट्टलाई कप्तानीको जिम्मेवारी दिइएको छ । टोलीमा कविता कुँवर, कृतिका मरासिनी, यसोदा विष्ट, रवि पोद्दार, राजमति ऐरी, इश्वरी विष्ट र लक्ष्मी साउद छन् । यस्तै सुशी डंगोल, हिसिला लामा गुरुङ, ज्योति दनुवार, निगम तामाङ, शिला क्षत्री, लक्षीता रायमाझी, गोमा आले, पेम लामु शेर्पा, मनिशा मगर र सृष्टि पौडेल छन् ।

१४ मध्ये चार जनालाई बैकल्पिकमा पर्नेछन् । नेपाली टोली ७ नोभेम्बरमा चीन प्रस्थान गर्नेछ ।

११ नोभेम्बरबाट साइघाईमा सुरु हुने प्रतियोगितामा साउदी अरेविया, थाइल्याण्ड, मलेसिया, म्यानमार र घरेलु टोली चीन सहभागी छन् ।

नेपालको पहिलो खेल थाइल्याण्डमा हुनेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय