+
+

नारायणी नदीमा स्टिमर सरर…

शंकर गिरी शंकर गिरी
२०७६ कात्तिक १३ गते १८:३८

१३ कात्तिक, चितवन । चितवन भन्नासाथ सौराह नै सम्झिने धेरै छन् । तर, नाराणगढसँगैको नारायणी नदी क्षेत्रबाट पनि पछिल्लो समय पर्यटकहरुको लागि नयाँ घुम्ने ठाउँका रुपमा विकास हुँदैछ ।

यहाँबाट सूर्योदय र सूर्यास्त कम्ती मनोरम देखिँदैन । नदीको छेउामा विहान र साँझ शान्त यो स्थलमा समय विचरण गर्न र मात्रै हैन, नदीमा चलेका मोटरबोटमा चढेर कञ्चन नदीमा समय बिताउन चाहानेहरु पनि बाक्लो मात्रामा देखिन थालेका छन् ।

साँझको समयमा रंगीन किरणले नारायणी नदीलाई यति सुन्दर बनाइदिन्छ कि मानौं त्यहाँ कलाकारले सुनौलो रंग छरिदिएका छन् । यो समय प्रकृतिलाई सूर्यको किरणले लाली लगाएर सजाएजस्तै गरिदिन्छ ।

नारायणी नदीमा हाल स्टिमर चलाउने गरिएको छ । यहाँ आजभोलि बिहान र बेलुकीको लोभलाग्दो सूर्योदय र सूर्यास्त हेर्नेहरुको भीड पनि देखिन्छ । नदी किनारमा मात्रै होइन, नारायणी पुलमै बसेर पनि नदीमा छल्किएको सुनौलो किरणको मज्जा लुट्नेहरु प्रशस्तै देखिन्छन् ।

यहाँ साँझ नदी किनारमा पर्यटक लोभ्याउन र नरायणी नदीको पवित्रता झल्काउन आरती पनि गरिन्छ । पशुपतिको सन्ध्या आरती र बनारसको गांगा आरतीको झल्को मेटाउन यहाँ पुग्नेहरु बढेका छन् । नारयाणी नदी किनारमा बनाइएको खुला पार्कमा पुगेर आफ्नो थकान मेटाउनेहरुको संख्या पनि ठूलो हुन्छ ।

हेर्नुहोस् नारायणी नदीमा चलाइएको स्टिमरको तस्वीर

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?