
१३ कात्तिक, काठमाडौं । सात महिनामा ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढेर कीर्तिमान बनाएका नेपाली आरोही निर्मल पूर्जाको भव्य स्वागत भएको छ ।
चीनको सिसापाङ्ना हिमाल चढेसँगै कीर्तिमान बनाएका उनी बुधबार स्वदेश फर्किँदा त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको हो । उनलाई पञ्चैबाजा र नेपाल प्रहरीले ब्याण्ड बाजाले स्वागत गरिएको थियो । आरोही पूर्जालाई गाडीमा राखेर नगर परिक्रमा समेत गराइएको थियो ।
पूर्जाले छोटो अवधिमा ८ हजार मिटरभन्दा अग्ला सबै हिमाल आरोहणको कीर्तिमान बनाएका हुन् । उनी ८ हजार मिटर भन्दा अग्ला सबै हिमाल चढ्ने समग्रमा ४३ औं आरोही हुन् भने नेपालका चौथो आरोही हुन् ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4