
१४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले यही पुस १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो १७ गते आइतबार टुंग्याउने भएको छ ।
बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारीको बैठकले केन्द्रीय कार्यसमितिको बैठक बसेपछि पुनः पदाधिकारी बैठक बसेर उम्मेदवारको टुंगो लगाउने निर्णय गरेको हो ।
कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बोलाएको छ । उक्त बैठकको छलफललाई सेमत आधार बनाएर १७ गते बस्ने पदाधिकारी बैठकबाट उम्मेदवार टुंग्याउने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
कास्कीमा एउटा प्रतिनिधिसभा, दाङ, बागलुङ र भक्तपुरको एक/एकवटा प्रदेश सभासहित अन्य केही ठाउँमा स्थानीय तहको उपनिर्वाचन हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4