+
+

प्रधानमन्त्रीको दोस्रो डायलासिस सकियो

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १४ गते १५:२२

१४ कात्तिक, काठमाडौं । उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो डायलासिस सकिएको छ । अस्पताल स्रोतका अनुसार उनको दोस्रो डायलासिस बिहीबार दिउँसो सकिएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको पहिलो डायलासिस बुधबार नै गरिएको थियो । प्रधानमन्त्री ओलीको २०६४ सालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि सिंगापुरमा नियमित स्वास्थ्य परीक्षण गरिरहेका उनको गत महिना प्लाज्मा फेरेसिस गरिएको थियो ।

प्रधानमन्त्रीको उपचार गर्ने अस्पताल र प्रधानमन्त्रीको निजी सचिवालयले प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छैनन् ।

बुधबार साँझ ग्राण्डी अस्पतालले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र केही परीक्षणको रिपोर्ट आएपछि फर्किने उल्लेख गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?