+
+

केयूकेएलले गर्‍यो १ सय ५० ठाउँमा खानेपानी चुहावटको मर्मत

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १४ गते १७:०१

१४ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले उपत्यकाभित्रका मुख्य ठाउँहरुमा पुराना पाइपहरुबाट भईरहेको खानेपानी चुहावटको मर्मत कार्य सम्पन्न गरेको छ ।

नौ दिनको अवधिमा उपत्यकाका विभिन्न ठाउँहरुको १ सय ५० ठाउँमा चुहावट (लिकेज) मर्मत कार्य सम्पन्न भएको महाप्रबन्धक मिलन शाक्यले जानकारी दिए । ‘रातिको समय पारेर नौ दिनसम्ममा मुख्य ठाउँहरुमा भईरहेको चुहावट मर्मत सकेका छौं’ महाप्रबन्धक शाक्यले भने, ‘खानेपानी वितरणमा समस्या आएपछि केयुकेएलका प्राविधिक टोलीले यति छोटो समयमा धेरै ठाउँहरुमा चुहावट मर्मतको काम सम्पन्न गरेको छ । यसलाई आगामी दिनमा निरन्तरता दिंदै जानेछौं ।’

केयूकेएलले गैरीगाउँ, बालाजु, नयाँबजार, सोह्रखुट्टे, नक्साल, त्रिपुरेश्वर, टेकु, लाजिम्पाट, महाराजगञ्ज चोक, बाँसबारी, बुढानिलकण्ठ, कालोपुल, चावहिल चोक, गौशाला र सिनामंगल लगायतका ठाउँहरुमा चुहावट मर्मतको काम सम्पन्न गरेको हो ।

‘पुरानो पाइपलाइनमा प्रेसर बढ्नाले धेरै ठाउँहरुमा चुहावट देखिएको हो ,’ महाप्रबन्धक शाक्यले भने, ‘ती चुहावटहरुको योजनाबद्ध तरिकाले मर्मत सकिएको छ । मर्मत सकिएपछि खाल्डो राम्ररी पुरी सडकको अस्थायी पिच गर्ने काम पनि हामीले सकेका छौं । चुहावट रोकिएपछि आम उपभोक्ताको घर घरमा अब पानीको आपूर्ति मात्रा बढ्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?