+
+

प्रदेश प्रमुखहरुलाई हटाउनु राजनीतिक पूर्वाग्रह : कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १७ गते १८:१६

१७ कात्तिक, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएको छ । यसले सरकार र विपक्षीबीच द्वन्द्व बढाउने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार मात्र सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णयमा हस्ताक्षर गरेकी थिइन् ।

कांग्रेस प्रवक्ता शर्माले भने सरकार जरुरी काम छाडेर केही कार्यकर्तालाई जागिर खुवाउनेतिर लागेको टिप्पणी गरे । शर्माले अनलाइनखबरसँग भने, ‘आजको दिनमा सरकारले गर्नुपर्ने थुप्रै कामहरु छन्, तर त्यसलाई छाडेर आफ्नो निकटस्थहरुलाई जागिर खुवाउनेतिर लागेर आफ्नो असफताको खाडल खल्नेतिर लाग्यो ।’

सरकारको निर्णय पूर्वाग्रहीसमेत भएको उनले बताए । यदि संघ वा प्रदेश सरकारलाई अमुख प्रदेश प्रमुखका कारण काम गर्न असहज भएको भए भन्नुपर्ने भन्दै उनले भने, ‘एकमुष्ट रुपमा पदमुक्त गर्नु भनेको राजनीतिक पूर्वाग्रह पनि हो ।’

उनले अघि भने, ‘अघिल्लो सरकारका निर्णयहरु उल्टाएर राजनीतिक द्वन्द्व बढाउन खोजियो ।’

उनले उपचुनावका लागि आचार संहितासमेत लागू भइसकेको अवस्थामा प्रदेश प्रमुखहरु हटाउने र नियुक्त गर्नु कति नैतिकपूर्ण हुन्छ भन्ने प्रश्न समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?