
१९ कात्तिक, काठमाडौं । भारत सरकारले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूमि भारतमा समेटिएको भन्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले बिरोध जनाएको छ ।
नेमकिपाले मंगलबार विज्ञप्ति जारी गर्दै नक्सालमा नेपाली भूमि भारतमा परेको बारे नेपाल सरकारको आधिकारिक धारणा सार्वजनिक माग गर्दै बिरोध गर्न मागसमेत गरेको छ ।
भारतले सार्वजनिक गरेको नक्सामा नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा भारततर्फ परेको बताइएको छ ।
जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘भारत सरकारमा बेलायती उपनिवेशवादको धङधङी कायम नै छ । नेपाली जनता भारतीय विस्तारवाद र एकाधिकार पुँजीको लगारता बिरोध गर्दैछन् ।’
यसअघि राप्रपाले पनि विज्ञप्ति प्रकाशित गरी आपत्ति जनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4