
२१ कात्तिक, काठमाडौं । टुँडिखेल कुनै समय एसियाकै ठूलो परेड मैदान थियो । तर अहिले टुँडिखेलको सानो हिस्सा सार्वसाधारणको पहुँचमा छ भने बाँकी कुनै न कुनै नाममा अतिक्रमित भएको छ ।
कतिपय हिस्सा सरकारी निकायहरुकै नियन्त्रणमा छ भने केहीमा बसपार्क, अनाधिकृत पसल, पार्किङ स्थल बनेको छ ।
टुँडिखेल नै मासिने अवस्था आएको भन्दै ‘अकुपाई टुँडिखेल’ अभियान सुरु भएको छ ।
विश्व स्वतन्त्रता दिवसको अवसर पारेर शनिबार विहान ८ बजे टुँडिखेलमा मानव साङ्लो बनाएर अभियानको औपचारिक सुरवात गरिनेछ । अब तीन महिनासम्म हरेक शनिबार मानव साङ्लो बनाएर प्रदर्शन गरिने अभियानले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4