+
+

जनकपुरमा लाग्यो ‘मोदी मुर्दावाद’ नारा

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २३ गते १८:५६

२३ कात्तिक, जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुर्दावाद’ नारा लागेको छ ।

नेपाली भू-भागलाई भारतले आफ्नो नक्सामा समावेश गरेको बिरोधमा सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूले शनिबार प्रदर्शन गरेको हो । प्रदर्शनका सहभागीहरुले ‘गोे ब्याक इण्डिया, ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो’ लगायतका नारा लेखिएको ब्यानर बोकेका थिए । उनीहरुले मोदी मुर्दावादको नारा पनि लगाएका छन् ।

प्रदर्शन नगरको बिभिन्न भाग परिक्रमा गर्दै स्थानीय जनक चोकमा कोणसभामा परिणत भएको थियो । कोणसभामा बक्ताहरुले भारतले नक्सामा नसच्याए आन्दोलन चर्काउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?