१ मंसिर, धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२, वाणी बजारनजिकै मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको छ ।
‘अन्टेस्ट’ मोटरसाइकल सडकमा रोकिराखेको ट्रकमा ठोक्किएर शनिबार राति १० बजे दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार कृष्णपुर नगरपालिका–३ का २४ वर्षीय दिनेश राना र २० वर्षीय सुनील रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, झलारीका प्रहरी निरीक्षक नैनसिंह साउदले जानकारी दिए ।
दुर्घटनामा घाइते दुवैलाई उपचारका लागि सेती अञ्चल प्रादेशिक अस्पताल, धनगढी लगिएको थियो । तर, चिकित्सकले उनीहरूलाई बचाउन सकेनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4