+
+

नेविसंघको मसाल जुलुसमा प्रहरीको हस्तक्षेप

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २ गते १८:१२

२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी (नेवि) संघले भारतीय हस्तक्षेपविरुद्ध राजधानीको बालाजु क्षेत्रमा सोमबार साँझ मसाल जुलुस निकालेको छ ।

नेपाली भूमि कालापानी, लिपुलेकलाई समेटेर भारतले नयाँ नक्सा सार्वजनिक गरेको विरोधमा नेविसंघले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ ।

मसाल जुलुस प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी नेविसंघका २१ जना नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको नेविसंघका निवर्तमान केन्द्रिय सदस्य सुशिल भट्टले जानकारी दिए ।

भारत र चीनले नेपाली भूमि कब्जा गरेको र सो भूमि तत्काल फिर्ता लिन माग गर्दै  बालाजु–बाइपासबाट निकालिएको मसाल जुलुस माछापोखरीमा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको भट्टले जानकारी दिए ।

पक्राउ पर्नेमा निरञ्जन थापा, ईश्वर अधिकारी, सुवास घिमिरे, विजय ढुंगाना,  सुल्तान मियाँ, मनोज राना, किरण भट्टराई, सन्तोष गुरुङ,  पवन थापा, प्रविणजंग शाह,  राजन बुर्लाकोटी, प्रशान्त लामिछाने, महेश्वर पौडेल, जगदिश थापा लगायत २१ जना रहेका छन् । पक्राउ परेका सबै जनालाई महानगरी प्रहरी वृत्त बालाजुमा राखिएको भट्टले जानकारी दिए ।

तस्विर – चन्द्र आले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?