+
+

मानव बेचबिखन र देहव्यापारको आरोपमा महिला पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ६ गते १३:३३

६ मंसिर, कैलाली । मानब बेचबिखन, ओसारपसार र देहव्यापारमा संलग्न भएको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ ।

गोदावरी नगरपालिका-२ अत्तरिया बजारमा रहेको राजु होटलकी सञ्चालक गौरादेवी रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले पक्राउ गरेको हेा ।

आर्थिक अवस्था कमजोर भएकी एक बालिकालाई काम लगाइदिने भन्दै दैनिक ९/१० जना ग्राहकसँग जबरजस्ति अनैतिक सम्बन्ध राख्न बाध्य बनाउने गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिप्रका कैलालीका डीएसपी दक्षकुमार बस्नेतले बताए ।

डीएसपी बस्नेतले महिलालाई नियन्त्रणमा लिइ बालिकाको उद्धार गरिएको बताए । पक्राउ परेकी महिलालाई मानव बेचबिखन तथा ओसारपसार शीर्षकको मुद्दामा अनुसन्धान सुरु गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?