+
+

सिर्सिया नदी बचाउन भन्दै वीरगञ्जमा हस्ताक्षर संकलन

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ६ गते १७:२२

६ मंसिर, वीरगञ्ज । सिर्सिया नदी बचाउन भन्दै  दबाब दिने उद्देश्यले वीरगञ्जमा हस्ताक्षर संकलन गर्न  सुरू भएको छ । सिर्सिया नदी एवम् वीरगञ्ज प्रदूषणमुक्त अभियानले वीरगञ्जको घण्टाघरमा दुई दिने हस्ताक्षर संकलन सुरू गरेको हो ।

दुई दिन बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म हस्ताक्षर संकलन गरिने अभियानका बृजेश्वर चौधरीले जानकारी दिए । संकलित हस्ताक्षर प्रधानमन्त्रीलाई नै बुझाइने अभियन्ताले बताएका छन् ।

अभियानका संयोजक अधिवक्ता सुरेन्द्र कुर्मीले संविधानको धारा ३० ले आम नेपालीलाई स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गरेकोले नदी नालालगायत वरपरको वातावरण प्रदूषण गर्ने छुट कसैलाई नभएको बताए ।

वीरगञ्ज महानगरपालिका र आसपासका क्षेत्रमा रहेका छाला, सिमेन्ट, सावुनका उद्योगले छाई, जीवका अवशेष, रौं र रसायनयुक्त बिषादी र पानी सिर्सिया नदीमा बगाउँदा नदी प्रदूषण भएको उनको भनाइ छ ।

‘बिषादीयुक्त पानीले आम जनतामा क्यान्सर, मुटुरोग र छाला रोगको प्रकोप बढदै गएको छ । तर सम्बन्धित निकाय मौन बसेको छ,’ कुर्मीले भने, ‘ स्वच्छता कर लिने सरकारहरु स्वच्छ वातावरण बनाउन कुनै कदम चाल्दैनन ।’

‘स्वच्छ नदी, पवित्र जल, स्वस्थ जीवन, समृद्ध वीरगञ्ज’ भन्ने नाराका साथ अभियानले सिर्सिया नदी बचाउन विभिन्न दबाबमुलक कार्यक्रम गर्दै आएको छ ।

यो पनि पढ्नुस्–

प्रदुषण गर्ने उद्योगलाई कारबाही गर्न वडाध्यक्षलाई अधिकार  

सिर्सिया नदीको प्रदुषण रोक्न वीरगञ्जवासी जागरुक बन्दै  

नदी फोहोर नगर्न उद्योगहरुलाई आग्रह, अटेर गरे कारबाही गर्ने चेतावनी  

उद्योगीको स्वार्थले विषालु बनेको सिर्सिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?