+
+

‘लोक दोहोरी प्रतिष्ठान निर्वाचन’: को–को निर्विरोध निर्वाचित भए ?

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ८ गते ११:४६

पोखरामा ‘राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपाल’को सातौ महाधिवेशन चलिरहेको छ । लोक तथा दोहोरी प्रतिष्ठानले नयाँ नेतृत्व पाउँदै छ । त्यसैको लागि अहिले पोखरा चुनावमय भएको छ ।कलाकारहरु आफूले रुचाएको उम्मेदवारलार्य भोट माग्न व्यस्त छन् । आज बिहान ७ बजेबाट मतदान सुरु भएको छ ।

केही पदको लागि भने कलाकारहरु निर्विरोध चयन भएका छन् । जसमा वरिष्ठ उपाध्यक्षदेखि सह–कोषाध्यक्षसम्म छन् । वरिष्ठ उपाध्यक्षको लागि गायिका रीता थापामगर निर्विरोध चुनिएकी छिन् ।

त्यस्तै, प्रथम उपाध्यक्षमा गायक पशुपति शर्मा निर्विरोध निर्वाचित भएका छन् भने द्धितिय उपाध्यक्षमा रामजी खाँड चुनिएका छन् । महिला उपाध्यक्षको कोटामा गायिका राधिका हमाल पुनः निर्विरोध भएकी छिन् ।

महासचिव, उप महासचिव र सांगठनिक सचिव पदमा पनि कलाकारहरु निर्विरोध चुनिएका छन् । सुवास केसी प्रतिष्ठानको नयाँ सचिव बनेका छन् भने शंकर वीसी र शिव हमाल उप–सचिव निर्वाचित भएका छन् । सांगठनिक सचिव तर्फ खुमन अधिकारी निर्विरोध भए । महिला सचिवको पदमा जमुना राना मगर निर्विरोध निर्वाचित भएकी छिन् ।

सह–कोषाध्यक्ष पदको लागि पूर्णकला वीसीको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध विजयी भएकी छिन् । अध्यक्ष पदको लागि भने रमेश विजी र विष्णु खत्री चुनावी मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?