
१४ मंसिर, कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा कृष्णबहादुर तामाङ विजयी भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार तामाङले ५२८ मत पाएका छन् ।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपबहादुर तामाङले ३१० मत पाउँदा समाजवादी पार्टीका भीम तामाङले ७४ मत पाए ।
कुल ११९९ मतदाता रहेको यो वडामा शनिबार भएको उपचुनावमा ९२४ मत खसेको थियो ।
खानेपानी मन्त्री बीना मगरले यस वडामा मतदान गरेकी थिइन् ।
नेकपाले जोगायो, कांग्रेसले बढायो
कञ्चनपुरको पुनर्बास नगरपालिका वडा नम्बर ३ मा यसअघि पनि नेकपाले नै जितेको थियो । नेकपाका वडाध्यक्ष फैरु तामाङको ठाउँ खालि भएपछि यहाँ उपचुनाव भएको हो ।
गत ०७४ को चुनावमा तत्कालीन एमालेका फैरु तामाङले ४५४ र माओवादीका आइतबहादुर तामाङले १८७ गरी नेकपाको पक्षमा कुल मत ६४१ खसेको थियो ।
यसपालिको उपचुनावमा नेकपाका तामाङ ५२८ मत पाएर विजयी बनेका छन् ।
अघिल्लो चुनाबमा ७८ मत मात्रै पाएको नेपाली कांग्रेसले यसपालि ३१० मत पाएको छ ।
यहाँ बाबुराम उपेन्द्र नेतृत्वको समाजवादी पार्टीले पनि यसपालि ७४ मत बटुलेको छ ।
प्रतिक्रिया 4