
१४ मंसिर, काठमाडौं । सर्लाहीको हरिपूर्वा नगरपालिका १ को वडाध्यक्षमा समाजवादी पार्टीका श्यामबाबु राय विजयी भएका छन् ।
शनिबार भएको मतदानमा उनले ३४७ मत पाए ।
उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का उम्मेदवार रामविश्वास राय र नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार दोस मोहम्मद अंसारीले समान ३ सय २८ मत पाएका छन् ।
नेपाली कांग्रेसलाई भने सीके राउत नेतृत्वको जनमत पार्टीले उछिनेको छ । जनमत पार्टीका दिनेश राय यादवले ५२ मत पाउँदा कांग्रेसका उम्मेदवारले २३ मत पाएका छन् ।
दुई स्वतन्त्र उम्मेदवारीले खाता नै खोल्ने सकेनन् ।
१ हजार ३५६ मतदाता रहेको यो वडामा १ हजार ९३ मत खसेको थियो ।
यसअघि नेकपाका इसहाक मिया अन्सारी विजयी भएका थिए । त्यसबेला श्यामबाबु राय दोस्रो स्थानमा थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4