
१५ मंसिर, काठमाडौं । २०५१ सालको मदन पुरस्कार विजेता विलियम बर्कको निधन भएको छ । ९४ वर्षीय बर्कको गत शुक्रबार दार्जलिङमा निधन भएको मदन पुरस्कार गुठीले जानकारी दिएको छ ।
क्यानडामा जन्मेका बर्कले ‘सही शब्द’ शीर्षकको पर्याय–विपर्यायवाची शब्दकोषका लागि मदन पुरस्कार प्राप्त गरेका थिए । उनी प्राथमिक भाषा नेपाली भएको सेन्ट रोबर्टस् उच्च विद्यालय दार्जलिङका पूर्व प्रधानाध्यापक हुन । बर्क भारतमा नेपाली भाषाविज्ञको रुपमा परिचित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4