+
+

पूर्वसभासद ढुंगेलको निधन

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १ गते १७:०६

१ पुस, काठमाडौं । पूर्वसभासद रामेश्वर ढुंगेलको निधन भएको छ । नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका  उनको उपचारका क्रममा मंगलबार त्रिविवि शिक्षण अस्पताल, महाराजगञ्जमा निधन भएको हो  ।

ढुंगेल संविधानसभा सदस्य निर्वाचन २०७० मा भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट विजयी भएका थिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ढुंगेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । स्वर्गीय ढुंगेलले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पुर्‍याएको सक्रिय भूमिकाको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

नेपाली कांग्रेसले ढुंगेलको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको पनि उल्लेख गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?