६ पुस, काठमाडौं । प्रहरीले विप्लव समूहका युवा संगठन उपत्यका संयोजक राजु घिमिरे उर्फ सुजनलाई पक्राउ गरेको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले कुमारीपाटीबाट उनलाई पक्राउ गरेको हो ।
महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उपत्यकालगायत विभिन्न स्थानका व्यवसायीलाई विप्लव समूहको मान्छे भन्दै चन्दा मागेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
चन्दा नदिए जस्तोसुकै भौतिक कारबाही गर्ने धम्की उनले दिने गरेका प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4