+
+

समाजवादी बाहिरिएपछि सरकारले दुई तिहाइको समर्थन गुमाउने

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ८ गते १६:५९

८ पुस, काठमाडौं । समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले दुई तिहाई बहुमत गुमाउने भएको छ ।

यद्यपी मंगलबारसम्म समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

समाजवादी पार्टीसमेत सम्मिलित हुँदा दुई तिहाइ सदस्यको समर्थन रहेकामा उक्त पार्टी बाहिरिएसँगै केपी शर्मा ओली नेतृत्वको सरकारलाई साधारण बहुमत मात्र कायम हुनेछ ।

समाजवादी पार्टी बाहिरिँदा सरकारको वैधानिकतामा प्रश्न नउठे पनि सरकारले चाहँदा संविधान संशोधनलगायत संसदमा दुई तिहाइ बहुमत चाहिने विषयमा बहुमत पुग्दैन ।

२७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइ बहुमत पुर्‍याउन सरकारको पक्षमा १ सय ८३ जना सांसद हुनुपर्नेछ । तर नेकपासँग १ सय ७४ जना सांसद छन् ।

समाजवादी पार्टीका १७ जना सांसद छन् । पहिले १६ जना सांसद रहेको संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी एकतापछि समाजवादी पार्टीमा १७ सांसद पुगेका हुन् । मंगलबारसम्म सरकारलाई सर्मथन गर्ने सांसदको संख्या १९१ जना छ ।

समाजवादी पार्टीको समर्थन सरकारलाई रहिरहने वा नरहने भन्नेबारे बुधबार निर्णय गरिने पार्टी स‌ंसदीय दलका प्रमुख सचेतक उमाश‌ंकर अरगरियाले बताए । यसबारे बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलनमा जानकारी दिने उनले बताए ।

समाजवादी पार्टीले संविधान संशोधन गर्नेलगायत दुई बुँदे सहमति गर्दै सरकारलाई समर्थन गरेको थियो । तर सोमबार मन्त्रिपरिषद बैठकमा आफूले लगेको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेपछि सहमति तोडिएको भन्दै उक्त पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले सरकार छाडेका छन् ।

समाजवादी पार्टीबाटै मन्त्री भएका शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले पनि सरकार छाडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?