+
+

जीप दुर्घटनामा आमाको मृत्यु, ४ वर्षीय छोरा घाइते     

रासस रासस
२०७६ पुष १० गते १९:३१

१० पुस,  बनेपा । धुलिखेल नगरपालिका–११ पात्लेखेतस्थित वीपी राजमार्गमा बिहीबार अपराह्न जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–८ की अन्दाजी २५ वर्षीया मीनाकुमारी बोगटी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

रामेछापबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज ६१५३ नम्बरको जीप आफैं अनियन्त्रित भई सडक किनारामा भएको बारमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएकी बोगटीको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका बोगटीको अन्दाजी चार वर्षीय छोरा बल्लभको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । गाडी र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?