+
+

संस्थापन र पौडेल समूहको वार्ता असफल

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १० गते २२:१२

१० पुस, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसको संस्थापन र रामचन्द्र पौडेेल समूहको वार्ता बिहीबार पनि असफल भएको छ ।

दुबै पक्ष आआफ्नो अडानमा बसेपछि सहमति हुन नसकेको वार्तामा संलग्न नेताहरुले बताएका छन् । मुख्य विवाद भने नेपाल विद्यार्थी संघमा अडि्कएको छ ।

वार्तामा पौडेल समूहको वार्ता टोलीले नेवि संघको विधानअनुसार ३२ वर्षभन्दा कम उमेरका नेतालाई नै नेतत्व दिनेबारे सोच्न आग्रह गरेको थियो । तर उपसभापति विमलेन्द्र निधिले त्यसलाई अस्वीकार गरेका छन् । ‘उहाँले कुरा धेरै अगाडि बढिसक्यो भन्नुभयो’ पौडेल समूहका एक नेताले भने ।

पार्टी सभापति शेरबहादुर देउवाले राजीव ढुंगानालाई सभापति बनाउने बचन दिइसकेको नेताहरुको दाबी छ । साथै महामन्त्री चार जना राख्ने र एक आफूले लिएर पौडेल, कृष्ण सिटौला र गच्छदार समूहलाई एकएक दिने प्रस्ताव छ ।

पौडेल समूह यसमा सहमति छैन । कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका, विभागहरु गठनबारे छलफल भएपनि सहमति नजुटेको पौडेल समूहको वार्ता टोलीमा रहेका नेता हृदयराम थानीले जानकारी दिए ।

कांग्रेस केन्द्रीय समितिको बैठक भने भोलि बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?