
११ पुस, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपालका लागि साउदी अरेबियाका राजदूत मुसेइड अल मारवानेले शुक्रबार शिष्टाचार भेटवार्ता गरेका छन् ।
गृह मन्त्रालयमा भएको भेटमा नेपाल-साउदी अरेबिया द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।
भेटमा गृहमन्त्री थापाले नेपाल र साउदी अरबियाबीच जनस्तरमा सम्बन्ध रहेको चर्चा गर्दै राजदूत मारवानेको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरे ।
उनले साउदी अरेबियामा ठूलो संख्यामा रोजगारीका लागि नेपालीहरु पुगेको र कतिपय नेपालीहरु समस्यामा समेत पर्ने गरेको भन्दै उनीहरुको समस्या समाधानमा विशेष ध्यान दिन राजदूतसँग आग्रह गरे ।
नेपालबाट साउदी अरेबियामा हजका लागि जाने हाजिहरुको संख्या गत वर्ष तीन सय थप गरिदिएकोमा राजदूत मारवाने मार्फत गृहमन्त्री थापाले साउदी सरकारलाई धन्यवाद दिँदै सो संख्या अझ थप गर्न आग्रह गरे ।
भेटमा राजदूत मारवानेले रोजगारीको सिलसिलामा हाल तीन लाखभन्दा बढी नेपाली साउदी अरेबियामा रहेको जानकारी दिँदै साउदीको विकासमा नेपालीहरुको विशेष योगदान रहेको चर्चा गरे ।
साउदीमा रहेको नेपालीहरुको समस्या समाधान गर्न आफूहरु गम्भीर रहेको समेत उनको भनाइ छ । उनले नेपालबाट साउदीमा हजमा जानेहरुको संख्या बढाउनसमेत आफुूे पहल गर्ने बताए ।
प्रतिक्रिया 4