+
+

प्याकेजमा सहमति नभई बैठकमा नजाने पौडेल समूहको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ११ गते १७:२९
प्रकाशमान सिंहको निवासमा भएको पौडेल समूहको छलफल

११ पुस, काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिकासहित प्याकेजमा सहमति नभएसम्म केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।

शुक्रबार पौडेल समूहका वार्ता टोली सं‌योजक प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बसेको पौडेल समूहको बैठकमा वार्ता टोलीले अहिलेसम्म भएका छलफलबारे ब्रिफिङ गरेको थियो ।

महाधिवेशन कार्यतालिका, नेविसंंघ, केन्द्रीय विभाग गठनबारे विभिन्न विकल्पमा छलफल भए पनि सहमति हुन नसकेको वार्ता समितिका सदस्यहरुले बताएका छन् ।

बैठकले प्याकेजमा सहमति नभएसम्म बैठकमा नजाने निर्णय गरेको एक नेताले बताए ।

पौडेल समूहले १४ औं महाधिवेशनको कार्यतालिका बनाउनुपर्ने, विधानअनुसार २८ वटा मात्र विभाग बनाउनुपर्ने र त्यसमा आधा हिस्सा आफूहरुले पाउनुपर्ने माग राखेको छ । पार्टी सभापति शेरबहादुर देउवाले नेविसंघको अध्यक्ष आफूले नियुक्त गर्ने र चार महामन्त्री राखेर चारै समूहबाट एक/एक जना मनोनित गर्ने प्रस्ताव पनि पौडेल समूहले मानेको छैन ।

पौडेल समूहको बहिस्कारका कारण केन्द्रीय कार्यसमिति बैठक लगातार स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?