
११ पुस, काठमाडौं । सशस्त्र प्रहरीका गोताखोर तालिम लिएका कर्मचारीहरुलाई सामूहिक रुपमा निःशुल्क दुर्घटना बिमा गरिएको छ ।
प्रधान कार्यालय हल्चोकमा शुक्रबार एक कार्यक्रमका बीच नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाल शाखाले प्रतिव्यक्ति दुई लाख रूपैयाँको बिमा गरेको हो ।
सशस्त्र प्रहरी बलका गोताखोरहरुको बिमा गर्ने कार्य २०७४ सालदेखि सुरु भएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापालाई इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अरुण कौशलले बिमा पोलिसी हस्तान्तरण गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4