+
+

सिद्धबाबाको मुद्धा हेर्दाहेर्दैमा, अदालतबाहिर नाराबाजी

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ११ गते १९:१०

११ पुस, विराटनगर । आफ्नै अनुयायीमाथि बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको बयान सकिएको छ । शुक्रबार जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासमा उनको बयान भएको हो ।

अदालतले बयान लिइरहँदा अदालत बाहिर भने सिद्धबाबा पक्ष र महिला अधिकारकर्मीले नाराबाजी गरिरहेका थिए । प्रवेश द्धारको दायाँ सिद्धबाबाका अनुयायीहरुले जय जय राम, जय श्रीराम भन्दै नारा लगाउँदा अधिकारकर्मीहरुले भने बलात्कारीलाई कारबाही गर भन्दै नाराबाजी गरे ।  विराट नर्सिङहोमबाट सिद्धबाबालाई बयानका लागि लगिएपछि सुरु भएको पक्ष विपक्षको नाराबाजी दिनभरजसो चल्यो ।

शुक्रबार बयान सकिएपछि अदालतले मुद्धा हेर्दा हेर्दैमा राखेको छ । आइतबारबाट मुद्दामा थुनछेक बहस हुनेछ । बसहका लागि महिलाको पक्षमा चारजना सरकारी र दुई निजी वकिलले बहस गर्नेछन् । कृष्णबहादुर गिरीको तर्फबाट पाँचजना वकिले बहस गर्नेछन् ।

७ देखि १० वर्ष सजाय माग

सरकारी वकिलको कार्यालयले अदालतमा बुझाएको अभियोग पत्रमा कृष्णबहादुर गिरीलाई ७–१० वर्ष कैदको सजाय माग गरिएको छ । मूलुकी अपराध संहिता, २०७४को दफा २१९ को ३(ङ) बमोजिम ७ देखि १० वर्ष कैद सजाय माग गरिएको हो ।
गत कात्तिक ४ गते बलात्कार गरेको भन्दै उनकै अनुयायी महिलाले कृष्णदासविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएपछि सुनसरी प्रहरीले गिरीलाई मंसिर १६ गते पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?