+
+

उखुको मूल्य माग्दै काठमाडौं आए किसान, माइतीघरमा धर्ना

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १२ गते १२:४१

१२ पुस, काठमाडौं । बक्यौता रकम माग गर्दै उखु किसानहरुले काठमाडौंको केन्द्रित आन्दोलन थालेका छन् । उनीहरुले शनिबार माइतीघर मण्डलामा धर्ना दिएका छन् ।

उखु किसानका अगुवा हरेश्याम रायले भने, ‘जबसम्म हामीले बक्यौता रकम पाउँदैनौं, तबसम्म हामी यहाँबाट फर्किँदैनौं ।’

उनका अनुसार सरकारले ५३६ रुपैयाँ प्रतिक्वीन्टल उँखुको मूल्य तोकिदिए पनि चिनी मिलहरुले बिभिन्न शीर्षकमा काटेर ४३५ रुपैयाँ प्रतिक्वीन्टलको मात्रै चिट दिने गरेका छन् ।

उखु किसानहरुले २०७० देखिकै रकम चिनी मिलहरुले नदिएको बताउँछन् । उखु किसानका अगुवा रायका अनुसार हालसम्म ५० करोड बक्यौता रकम छ । महालक्ष्मी सुगर मिल्समा मात्रै साढे २१ करोड बक्यौता रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?