
१२ पुस, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले केन्द्रीय कार्यसमितिले बहुमतका आधारमा गरेको निर्णयहरु सच्याउन माग गरेको छ ।
पौडेल र कृष्णप्रसाद सिटौला समूह समूहको बहिस्कारका बीच शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले कार्यकाल एक वर्ष थप्ने, २०७७ फागनु ७-१० सम्म १४औं महापधिवेशन गर्ने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट पौडेल समूहको बैठकले गलत मनसायका साथ निर्णय भएको ठहर गरेको छ ।
बैठकपछि वरिष्ठ नेता पौडेलले भने, ‘गलत मनसायबाट भएको छ, विधानको मर्म विपरित छ, पार्टीको परम्परा विपरित छ । त्यो सच्याइनुपर्छ ।’
विधानका महत्वपूर्ण धाराहरु निलम्बन गरिएको भन्दै उनले यो षड्यन्त्र त होइन भन्ने प्रश्न गरे ।
२०७७ फागुनमा महाधिवेशन गर्ने निर्णयमा पनि पौडेल समूहले असहमति जनाएको छ । थपिएको म्यादको पनि अन्तिम समयमा महाधिवेशन गर्ने निर्णय गरेर सभापति शेरबहादुर देउवाले पार्टीलाई धरापमा पर्न खोजिएको पौडेलको आरोप छ ।
महामन्त्री डा. शशांक कोइरालाले पार्टीले एक बनाउनुपर्ने बेलामा धरापमा पार्न खोजिएको बताए ।
वरिष्ठ नेता पौडेलले बहुमतको निर्णयबारे देशभर कार्यकर्तासँग परामर्श गर्ने समेत बताए ।
प्रतिक्रिया 4