+
+

फुलचोकीमा हराएका युवा-युवतीको उद्दार

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १२ गते १९:३१

१२ पुस, काठमाडौं । फुलचोकीबाट हराएका ५ जनाको सकुशल उद्दार गरिएको छ । बाँडेगाउँ र जिल्ला प्रहरी कार्यालय ललितपुरबाट खटिएको प्रहरी टोलीले बाटो भुलेर जंगलमा हराएकाहरुको उद्दार गरेको हो ।

उनीहरुलाई सकुशल फला पारेर फर्काइँदै गरेको प्रहरीले जनाएको छ । बाँडेगाउँबाट प्रहरी निरीक्षक अरुण भट्टराईको नेतृत्वमा ७ जना प्रहरीको टोली उद्दारका लागि गएको थियो ।

फुलचोकी जाने बाटोमा प्रहरीले बाटो खुल्ने गरी बोर्डहरु राखेको छ । तर, पनि त्यसलाई छलेर हिँड्दा घुम्न गएका युवा-युवती बाटो भुलेर हराएका थिए । उनीहरुले बाटो भुलिएपछि लललितपुर प्रहरीलाई खबर गरेका थिए ।

फुलचोकीमा हिँउ खेल्न पुग्नेहरु हराउने घटना हरेकजसो वर्षमा हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?