+
+

चोरी र लागूऔषधविरुद्ध स्वीप अपरेसन, २०६ जना समातिए

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १२ गते २०:२२

१२ पुस, काठमाडौं । प्रहरीले काठमाडौंमा चोरी र लागूऔषध ओसारपसार तथा बेचविखनविरुद्ध स्वीप अपरेसन चलाएको छ ।

यो अपरेसनमा २०६ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । बिहीबार मात्रै उपत्यकाबाट यो अपरेसनमा ६१ जना पक्राउ परेका थिए । त्यसदिन बसुन्धरा, टोखा, बाँसबारी र मन्डिखाटारमा अभियान चलाइएको थियो ।

शुक्रबार पनि गौशला, चाबहिल र बानेश्वर क्षेत्रमा चलाइएको अपरेसनमा ९० जना पक्राउ परेका थिए । यो अपरेसन स्थानीय प्रहरीकै सक्रियतामा चलाइएको हो । यसमा महानगरीय प्रहरी आयुक्तको कार्यालयबाट पनि टोली खटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?