+
+

विश्वका चर्चित टावरमा नेपालको झण्डा फहराइने

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १३ गते ११:४८
युएईमा अवस्थित विश्वकै अग्लो भवन बुर्ज खलिफामा पहिलो पटक संविधान दिवसको दिन नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो ।

१३ पुस, काठमाडौं । विश्वका ठूला शहरमा रहेका अग्ला भवन र टावरमा नेपालको राष्ट्रिय झण्डा तथा नेपाल भ्रमण वर्षको लोगो फहराइने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका हुन् ।

भट्टराईका अनुसार अहिलेसम्म विश्वका मुख्य एक दर्जन शहरका अग्ला भवन र टावरमा नेपाल र भ्रमण वर्षको लोगो फहराउने गरी गैरआवासीय नेपाली संघले तयारी गरेका छन् । अष्टे्रलियाको सिड्नी, न्यूजिल्याण्ड, जापान, कोरिया, कतार, यूएई, हङकङ, जर्मनी, बेल्जियम, बेलायत, अमेरिका, क्यानडाका विभिन्न शहरमा रहेका अग्ला भवन र टावरमा नेपाली झण्डा फहराइने भएको छ ।

डिसेम्बर ३१ मा नेपालको यसरी झण्डा फहराइने मन्त्री भट्टराईले उल्लेख गरेका छन् । थप स्थानका टावर र भवनमा झण्डा फहराउन गैरआवासी नेपाली संघलाई आग्रह गरिएको छ ।

युएईमा अवस्थित विश्वकै अग्लो भवन बुर्ज खलिफामा पहिलो पटक संविधान दिवसको दिन नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?