+

ए डिभिजन लिगमा तेस्रो चरण सकियो, मनाङलाई पछ्याउँदै थ्री स्टार

२०७६ पुष  १३ गते १२:०९ २०७६ पुष १३ गते १२:०९
ए डिभिजन लिगमा तेस्रो चरण सकियो, मनाङलाई पछ्याउँदै थ्री स्टार

१३ पुस,  काठमाडौं । मनाङ मर्स्याङदी र थ्री स्टार क्लब नेपालका दुई ठूला र चर्चित क्लब हुन् । तर यस सिजन शहीद स्मारक ए डिभिजन लिग सुरु हुनुअघि दुवै क्लबका पहिलो रोजाईँका अधिकांश खेलाडीले छाडेपछि प्रदर्शन कस्तो होला भन्ने कौतुहलता जागेको थियो ।

यस सिजन लिगमा तीन चरणको खेल सकिँदासम्म यी दुई क्लबको प्रदर्शन भने राम्रो रहेको छ । मैदानको प्रदर्शन जस्तो भए पनि नतिजाको हिसाबमा हेर्दा यीनै दुई क्लब अगाडि आएका छन् ।

दुवैको केही समानता पनि छन् । दुवै यस सिजन अपराजित । यी दुई बाहेक मछिन्द्र र जावालाखेल पनि अपराजित छन् ।

मनाङले र थ्री स्टारले तेस्रो चरणसम्म गोल खाएका छैनन् । यसको अर्थ दुवै टिमले तीन खेलसम्म क्लिनसिट राखेको छ ।

मनाङले तेस्रो चरणसम्म सबै खेल जितेको छ । यसमा भने थ्री स्टार पछाडि छ । थ्री स्टारले दुई खेल जित्दा एक खेल बराबरी गरेको छ ।

तेस्रो चरणमा भने दुवैले विपक्षीविरुद्ध समान १-० को जित हात पारेका थिए । मनाङले ब्रिगेड ब्वाइज र थ्री स्टारले एपीएफलाई पराजित गरेको हो ।

लगातार तीन खेल खेल्दै ९ अंक जोडेको मनाङ अंक तालिकामा शीर्ष स्थानमा कायम छ । दुई जित र एक बराबरीपछि थ्री स्टार ७ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ ।

यी दुई क्लबलाई पछ्याउने अर्को क्लब हो मछिन्द्र क्लब । यस सिजन मनाङ र थ्री स्टारकै खेलाडीलाई भित्र्याएको मछिन्द्रले लिगमा अपराजित यात्रा काम राख्दै २ जित र १ बराबरीको नतिजा निकालेको थियो । यसबाट ७ अंक जोडे पनि गत सिजन ननरेलिगेसन लिगमा पुछारबाट दोस्रो भएकोले यस सिजन १ अंक ऋणमा खर्चिएको हो ।

मछिन्द्रले तेस्रो चरणमा फ्रेण्ड्सविरुद्ध ३-० को आरामदायी जित हात पारेको थियो । यी तीन बाहेक अर्को अपराजित जावलाखेल भने तेस्रो चरणमा संकटासंग १-१ को बराबरी खेल्यो ।

यस्तै दुई विभागीय क्लब नेपाल पुलिस र त्रिभुवन आर्मीले जित हात पारे । पुलिसले सरस्वती युथ क्लबलाई तथा आर्मीले हिमालयन शेर्पा क्लबलाई समान २-० ले हरायो ।

तेस्रो चरणकाे एउटा खेलमा स्तब्ध नतिजा आयो । १० खेलाडीमा रहेर पनि एनआरटीले च्यासल युथ क्लबलाई २-१ ले पराजित गर्‍याे ।

तेस्रो चरणमा ७ मध्ये ६ खेलमा स्पष्ट नतिजा आउँदा एक खेल भने गोल रहित बराबरीमा सकियो । यस्तै तेस्रो चरणमा तीन खेलाडीले रातो कार्ड पाए । एनआरटी र र नेपाल पुलिसका खेलाडी दोहोरो पहेँलो पछि रातो कार्ड पाए पनि मनाङका खेलाडी एकराज बुढाथोकीले सिधै रातो कार्ड पाएका थिए ।

शुरुआती दुई चरणमा लगातार गोल गर्दै लिगमा सर्वाधिक गोलकर्तमा अगाडि रहेको च्यासलका फरवार्ड सन्तोष साहुखला तेस्रो चरणमा भने गोल गर्न असफल रहे । यसको अर्थ नेपालको ए डिभिजन लिगमा १०० गोल गर्ने पहिलो खेलाडी बन्न उनलाई अझै एक गोल आवश्यक छ । यस सिजन ३ गोल गरेका सन्तोषले लिगमा ९९ गोल पुर्‍याइसकेका छन् ।

दोस्रो चरणको खेलको नतिजा

मछिन्द्र ३-० फ्रेण्ड्स
च्यासल १-२ एनआरटी
मनाङ १-० ब्रिगेड
संकटा १-१ जावलाखेल
हिमालयन ०- २ आर्मी
पुलिस २-० सरस्वती
थ्री स्टार १-० एपीएफ

तेस्रो चरण तथ्यांकमा

खेल : ७
जित/हार : ६
बराबरी : १
गोलरहित बराबरी : ०
क्लिनसिट : ५ (मछिन्द्र, मनाङ, आर्मी, पुलिस, थ्री स्टार)
पहेँलो कार्ड : १५
रातो कार्ड : ३ ( २ दोहोरो पहेँलो कार्ड)
रातो कार्ड पाउने खेलाडी : जोर्डन एनडेम्बे ( एनआरटी) एकराज बुढाथोकी (मना ङ) अन्जन राई (पुलिस)
कूल गोल : १४
गोल गर्ने खेलाडी : १४ (पिटर सेगुन, एडालेजा सोमिडे, रेजिन सुब्बा,दर्शन गुरुङ, जुनियर एनगुए निकेनगुए, अमिर श्रेष्ठ,लक्ष्मण रुचाल, ड्याडी जुनियर वाम्बा, जगजित श्रेष्ठ, भरत खवास, टेक बहादुर बुढाथोकी,सुमन लामा, भोला सिलवाल, अनन्त तामाङ)

तेस्रो चरणपछि समग्रमा तथ्याङ्क
कूल गोल : ३७
गोलकर्ता : ३२
पहेँलो कार्ड : ४३
रातो कार्ड : ५
तीन खेल जित्ने : मनाङ
तीन खेल हार्ने : फ्रेण्ड्स र सरस्वती क्लब
गोल नगर्ने : सरस्वती क्लब
धेरै गोल गर्ने मछिन्द्र र एनआरटी : ६ गोल

सर्वाधिक गोलकर्ता

सन्तोष साहुखल : ३ गोल

सरोज तामाङ, विमल राना, ड्याड्डी जुनिएर वाम्बा, जुनिएर निकेनगुए : २ गोल

योगेश गुरुङ, दिपक राई, नवयुग श्रष्ठ, दिनेश हेन्जन, शक्ति राई, जोर्डन ओवाना, देवेन्द्र तामाङ, जय गुरुङ, रोसन राना मगर, दिपेश आले मगर, त्रिदेद गुरुङ, प्रविन कुमार स्याङ्तान, दयानन्द सिंह, सुशिल राई, पिटर सेगुन, एडालेजा सोमिडे, रेजिन सुब्बा, दर्शन गुरुङ, अमिर श्रेष्ठ, लक्ष्मण रुचाल, जगजित श्रेष्ठ, भरत खवास, टेक बहादुर बुढाथोकी, सुमन लामा, भोला सिलवाल, अनन्त तामाङ : १ गोल

तीन वटै खेलमा क्लिनसिट राख्ने गोलकिपर

प्रिसो निएङ्गा – थ्री स्टार

दिप कार्की – मनाङ

अंक तालिका तेस्रो चरण

क्लब खेल जित हार बराबरी गोल गरेको गोल खाएको गोल अन्तर अंक
मनाङ मर्स्याङदी क्लब
थ्री स्टार क्लब
मछिन्द्र क्लब
त्रिभुवन आर्मी क्लब
जावलाखेल युथ क्लब
एनआरटी क्लब
नेपाल पुलिस क्लब
च्यासल युथ क्लब
संकटा क्लब -१
१० ब्रिगेड ब्वाइज क्लब -१
११ हिमालयन शेर्पा क्लब -२
१२ एपीएफ क्लब -३
१३ फ्रेण्ड्स क्लब -६
१४ सरस्वती युथ क्लब -७
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०
6 Stories
धेरै सपना देख्नु राम्रो होइन, किन ?

धेरै सपना देख्नु राम्रो होइन, किन ?

- अनलाइनखबर २०८१ असोज १० गते १८:१६
7 Stories
तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

- अनलाइनखबर २०८१ असोज १० गते १७:५३