
१३ पुस, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाको कार्यकक्षमा तोडफोड गरेका छन् ।
लामो समयदेखिका मागहरु ध्यानाकर्षण गराउन भन्दै नेविसंघका त्रिवि सचिव योगेन्द्र रावलको नेतृत्वमा पुगेको टोलीले कार्यकक्षमै तोडफोड गरेको हो ।
तोडफोडबाट उपकुलपतिको कार्यकक्षमा रहेका टेबुल र कुर्सीमा क्षति भएको छ ।
राजनीतिक नियुक्ति, स्ववियु चुनाव, त्रिविभित्रको प्रहरी चौकीलगायतका विषयमा ध्यानाकर्षण गराउने क्रममा उपकुलपतिले पार्टीको दबाब छ भनेपछि तोडफोड गरेको सचिव रावलले बताए ।
नेविसंघले आगामी फागुन १४ गते तोकिएको स्ववियु चुनावको कार्य तालिका सार्वजनिक गर्नु पर्ने, त्रिविभित्रको प्रहरी चौकी हटाउनु पर्ने, राजनीतिक नियुक्ति गर्न नहुने लगायत माग राख्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4