
१३ पुस, जनकपुरधाम । प्रदेश २ सरकारले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित महेन्द्रनगरमा बम बिस्फोटबाट ज्यान गुमाउनेको परिवारलाई जनही तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
प्रदेश मन्त्रिपरिषदको आइतबार बसेको बैठकले मृतकको परिवारलाई ३ लाख रुपैयाँका दरले उपलब्ध गराउने निर्णय गरेको हो । यस्तै घाइतेको उपचारका लागि एक लाख ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
गत मंसिर २७ गते राति स्थानीय राजेश साहको घरमा भएको बम बिस्फोटबाट ४५ बर्षीय राजेशसहित उनका १५ बर्षीय छोरा आनन्द साह र इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्जार्च प्रहरी निरीक्षक अमीर दाहालको मृत्यु भएको थियो ।
उक्त बम बिस्फोटबाट राजेशका एक छोरा, एक छोरी र पितासहित एक जना प्रहरी जवान घाइते भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4