+
+

अमेरिकाको चर्चमा गोली चल्यो, २ को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १४ गते ९:३४

१४ पुस, काठमाडौं । अमेरिकाको एक चर्चमा बन्दुकधारीले गोली चलाउँदा २ जनाको मृत्यु भएको छ ।

टेक्सासस्थित वेस्ट फ्रिवे चर्च अफ क्रिष्र्टमा आइतबार बिहान ११ः५० बजे प्रार्थना भइरहेका बेला अन्धाधुन्ध गोली प्रहार भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, प्रार्थनाका लागि बसिरहेका व्यक्तिले अकस्मात् उठेर गोली चलाएका थिए । प्रार्थनाको फेसबुक लाइभ भइरहेकाले त्यो लाइभमा समेत देखिएको थियो । घटनामा प्रार्थना गरिरहेका २ सहित आक्रमणकारीको पनि मृत्यु भएको छ । आक्रमणकारी सुरक्षाकर्मीबाट उनी मारिएका हुन् ।

ती व्यक्तिले किन आक्रमण गरे भन्ने खुलेको छैन । स्थानीय प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

मास सुटिङ पछिल्ला केही वर्षयता अमेरिकाका लागि टाउको दुखाइको विषय बन्दै आइरहेको छ । केही महिनायता यस्ता घटना लगातार अमेरिकामा भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?