+
+

जेसिसको महाधिवेशनमा चितवन आएका युवक इनारभित्र मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १४ गते ११:५७
फाइल तस्वीर ।

१४ पुस, चितवन । चितवनको रत्ननगरमा हालै सम्पन्न जेसिसको महाधिवेशनमा सहभागी हुन आएका एक युवक इनारभित्र मृत फेला परेका छन् । काभ्रे घर भएका कृष्णकुमार मानन्धर आइतबार सााझ मृत फेला परेका हुन् ।

उनी पुस ११ गतेदेखि हराइरहेका थिए । रत्ननगरमा भएको नेपाल जेसिसको ४६ औं महाधिवेशनमा सहभागी हुन काभ्रेबाट आएका मानन्धरको शव फेला परेको प्रहरीले पुष्टि गरेको छ । मानन्धर काभ्रे जेसिजका कार्यकारिणी उपाध्यक्ष थिए ।

मानन्धरको शव रत्ननगर नगरपालिकाको वडा नम्बर ९ मा रहेको एक इनारमा फेला परेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान जारी राखिएको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरीक्षक भावेस रिमालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?