
१४ पुस, बुटवल । प्रदेश ५ सरकारले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ ।
सोमवार बसेको मन्त्रिपरिषद् बैठकले सागमा सहभागी विजेतालाई प्रोत्साहन स्वरुप नगदसहित सम्मान गर्ने निर्णय गरेको हो ।
सागमा सहभागी भएका प्रदेश ५ का खेलाडीलाई एकलतर्फ स्वर्णपदक विजेतालाई १ लाख, समूहमा स्वर्ण जित्नेलाई ८० हजार नगदसहित सम्मान गरिने उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले जानकारी दिए ।
यस्तै, एक्लै रजत जित्नेलाई ८० हजार, समूहमा रजत जित्नेलाई ६० हजार, एक्लै कांस्य जित्नेलाई ६० हजार र समूहमा कांस्य जित्नेलाई ४० हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय गरिएको मन्त्री गिरीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4