+
+

उद्योगी र बैंकर्सबीच सहकार्यको सहमति

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १४ गते १०:०४

१४ पुस, काठमाडौं । बैंक र उद्योगी-व्यवसायीबीचको दूरी टाढा रहेको चर्चा भइरहेका बेला सोमबार फरक दृश्य देखियो । दुबै क्षेत्रका नेताहरुले हात मिलाउदै भने, ‘हामी एक अर्काका परिपूरक हौं ।’

उद्योगीहरुको संस्था नेपाल उद्योग परिसंघ र वाणिज्य बैंकका सीईओहरुको छाता संस्था नेपाल बैंकर्स संघले सहकार्यको सहमति गर्दाको दृष्य हो यो । उनीहरुले एउटा समझदारीपत्रमा हस्ताक्षर समेत गरेका छन् ।

परिसंघ र बैंकर्स संघ बीच निजी लगानी प्रवर्द्धनमार्फत आर्थिक विकासमा सहकार्य गर्न समझदारी भएको हो । परिसंघकै कार्यालयमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष सतिशकुमार मोर र बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले समझदारी पत्रमा हस्ताक्षर गरे ।

हस्ताक्षर समारोहमा परिसंघका अध्यक्ष मोरले समग्र लगानीको वातावरण बनाउन उद्योगी तथा बैंकहरु एक अर्काका परिपूरक भएकाले यो समझदारी महत्वपूर्ण रहको बताए ।

बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकिङ्ग क्षेत्रमा आएका नयाँ नयाँ व्यवस्थालाई लगानीमैत्री बनाउन आपसी सहकार्यले अर्थ राख्ने धारणा राखे ।

समझदारीअनुसार, उद्योग परिसंघ र बैंकर्स संघले मुख्यतया दुबै पक्षको क्षमता अभिवृद्धिका लागि संयुक्त रुपमा अध्ययन, अनुसन्धान तथा तालिम कार्यक्रमहरु आयोजना गर्ने छन् । यस्तै वित्तीय तथा मौद्रिक नीति निर्माणका साथै सम्बन्धित ऐन नियमावलीको परिमार्जनमा सरोकारवाहरुसँग सयुक्त रुपमा संवाद तथा छलफल गर्ने पनि समझदारीपत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?