+
+

मुख्यमन्त्रीसँग अपशब्द बोलेको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १४ गते १९:१८

१४ पुस, काठमाडौं । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग अभद्र किसिमको शब्द प्रयोग गरेर बोलेको आरोपमा एक जना प्रहरी नियन्त्रणमा छन् ।

नुवाकोट घर भई अन्तर्राष्ट्रिय गैरसरकारी संस्था चलाउने पुष्पराज पाण्डेलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले सोमबार नियन्त्रणमा लिएको हो ।

महाशाखाका प्रवक्ता एसपी मुकेश सिंहले उनलाई नियन्त्रणमा लिइएको पुष्टि गरे । उनले भने, ‘सोधपुछका लागि ल्याएका हौं । मुद्दा चल्ने नचल्ने वा के गर्ने भन्ने विषय मंगलबार मात्र टुंगिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?