+
+

५ मिनेटमा नागरिकले नागरिकता पाउने वातावरण बनाउँछु : प्रजिअ बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १४ गते २०:३२

१४ पुस, वीरगञ्ज । पर्साका प्रमुख जिल्ल्ला अधिकारी जितेन्द्र बस्नेतले सर्वसाधरणले ५ मिनेटमा नागरिकता लिन सक्ने वातावरण बनाउने प्रतिवद्धता जनाएका छन् । उनले प्रमुख जिल्ला अधिकारीको पहिलो दायित्व शान्ति सुरक्षा र अपराध नियन्त्रण भएपनि अन्य जिम्मेवारीलाई पनि सँगसँगै अघि बढाउने दाबी गरे ।

तीन साता अघि चितवनबाट पर्साको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न आइपुगेका बस्नेतले पहिलोपटक पत्रकार भेटघाट गर्दै नागरिकताको डाटा व्यवस्थित गर्ने बताए ।
‘एकैदिनमा अभिलेख हेरेर प्रतिलिपी नागरिकता वितरण गर्न सकिएको छैन । समस्या देखिएको छ । एकै दिनमा प्रतिलिपी दिने, ४/५ मिनेटमा एउटा नागरिकता वितरण गर्न सकिने गरी आन्तरिक सुधार गर्छु ।’ उनले भने, ‘ नागरिकताको डाटा अव्यवस्थित ढंगले राखेको पाएको छु । त्यसलाई नयाँ सर्भर किनेर केही दिनभित्र व्यवस्थित बनाउन आवश्यक काम गर्छु ।’

कानूनको कार्यान्वयन गर्दा सबैलाई समान व्यवहार गर्ने, शान्ति सुरक्षा र अमन चयन कायम गर्ने, आपराधिक घटनाको सही ढंगबाट अनुसन्धान गराएर कानूनी प्रक्रियामा छिराउने अठोट उनको छ ।

आन्तरिक सेवा प्रवाहलाई छिटो छरितो भरपर्दो र विश्वसनीय बनाउँदै सेवाग्राहीले ‘जिल्ला प्रशासन कार्यालयले प्रदान गरेको सेवा राम्रो छ ‘ अवस्थामा पुर्‍याउने दाबी उनले गरे । ‘

आन्तरिक सेवामा सुधारका लागि सेवाग्राही मैत्री र सूचना प्रविधि मैत्री सेवा प्रवाहमा जोड दिनेछु, झन्झट रहित, छिटो छरितो, गुनासो नआउने हिसाबले कसरी काम गर्न सकिन्छ भनेर अध्ययन सुरु गरिसकेका छौं,’ उनले भने, ‘डिजिटल नागरिक वडा पत्र, कर्मचारीले काम गर्ने तौर तरिकाको निगरानीका लागि बिग्रेको सीसीटिभी क्यामेरा मर्मत गरी सुचारु गरिसकेको छु । ‘

जिल्ला प्रशासनको पूर्वाधार पुरानो हुँदा समेत सोचेजसरी सेवामा सुधार गर्न नसक्ने अवस्था देखिएको गुनसो उनको छ । ‘ पर्सा जिल्लामा प्रशासनको भवन आधुनिक होला भन्ने ठानेको त त्यस्तो रहेनछ, पुरानो संरचना छ,’ प्रजिअ बस्नेतले भने, ‘सेवा प्रवाहलाई सोचेजस्तो बनाउन संरचना बाधक छ, संरचना निर्माणका लागि ड्रइङ डिजाइनिङको काम सुरु भएको छ । यसैवर्ष नयाा भवन निर्माणको टेन्डर गर्ने, आवश्यक बजेटको व्यवस्था गर्न पहल गर्छु ।’

ओखलढुंगा घर भएका बस्नेतले चितवन भन्दा अघि गोर्खा जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?