+
+

ट्याक्टरले किचेर ट्याक्टर चालकको मृत्यु   

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १५ गते १४:०२

१५ पुस, दमौली । तनहुँको व्यास नगरपालिका-१ गल्वुबेसीमा ट्याक्टर चालक मृत फेला परेका छन् ।

म्याग्दे गाउँपालिका-१ गुणादीका २६ वर्षीय सुशील परियार मंगलबार बिहान मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए ।

परियार छाब्दी वाराही कन्स्ट्रक्शन प्रालिको ग१त २३८२ नंको ट्याक्टरका चालक रहेको जनाइएको छ ।

ना६त ६८७२ नंको ट्याक्टर बसपार्कमा रगताम्मे अवस्थामा भेटिएकाले परियारलाई सोही ट्याक्टरले किचेको हुन सक्ने प्रहरीको अनुमान छ ।

उक्त ट्याक्टरका चालक फरार रहेकाले खोजी भइरहेको छ । ”ट्याक्टरले किचेर मृत्यु भएपछि शवलाई त्यही छाडेर भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,” प्रवक्ता लामिछानेले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?