+
+

कालापानीको सीमा नापजाँचमा भारतको अवरोध

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १५ गते १५:४६

१५ पुस, काठमाडौं । सीमा नापजाँचका लागि गएको नेपाली टोलीलाई कालापानीमा भारतले रोकेको छ ।

भारतको नयाँ नक्सामा नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई भारततर्फ पारेपछि नेपालले विरोध गरेको छ । मसिंर २७ मा सरकारले नेपाल भारत अन्तर्राष्ट्रिय सीमा निरीक्षण समिति समेत बनायो, नसलाई सीमा दुरुस्त रहे नरहेको, अतिक्रमण भएको नभएको, सीमा स्तभ हराए नहराएको यकीन गरेर तीन महिनाभित्र परराष्ट्र मन्त्रालयमा प्रतिवेदन बुझाउन भनिएको छ ।

भूमिसुधारमन्त्री पद्मा अर्यालकाअनुसार नापी विभागले सीमा निरीक्षण तथा नापजाँचको काम भइरहेको छ । तर कालापानीमा भारतीय पक्षले अवरोध गरेको उनले बताइन् ।

मंगलबार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा उनले भनिन्, ‘नाप्दै जाँदा कालापानीमा पुगेपछि भारतीय पक्षबाट अवरोध भयो । अब कूटनीतिक समाधान पनि जाने भन्ने भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?