१६ पुस, सुर्खेत । सुर्खेतमा प्रहरी र प्रतिबन्धित विप्लव समूहका कार्यकर्ताबीच जम्काभेट हुँदा गोली चलेको छ ।
जिल्लाको पञ्चपुरी नगरपालिका-८, जुवालथाइमा सूचना संकलनका लागि पुगेको सादा पोशाकको प्रहरी टोली देख्ने वित्तिकै विप्लव समूहका कार्यकर्ताले गोली चलाएका थिए ।
प्रहरीका तर्फबाट पनि दुई राउण्ड जवाफी फायर भएको छ । फायरिङपछि विप्लव कार्यकर्ता भागेको प्रहरीको भनाइ छ ।
यद्यपि, घटनामा कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ ।
सुर्खेत पश्चिमका केही क्षेत्र विप्लव समूहको पकट मानिन्छ । पश्चिम सुर्खेत विप्लवका नेता धर्मेन्द्र वास्तोलाको क्षेत्रसमेत हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4