+
+

युद्ध अन्त्यका लागि सुलेमानीलाई मारेका हौं : ट्रम्प

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १९ गते ८:१५

१९ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि इरानका उच्च सैन्य कमान्डर मेजर जनरल कासिम सुलेमानी मारिएको बताएका छन् ।

अमेरिकी राष्ट्रपतिको आदेशमा इराकको राजधानी बग्दादस्थित विमानस्थलमा शुक्रबार भएको हवाई आक्रमणमा इरानी उच्च सैन्य कमान्डर सुलेमानीको मृत्यु भएपछि इरान क्रुद्ध बनेको छ । उसले यसको बदला लिने चेतावनी दिइरहेको छ । दुई राष्ट्रबीच तनाब बढेपछि युद्ध निम्तिन सक्ने चिन्ता प्रकट भइरहेका छन् । तर, ट्रम्पले युद्ध सुरु गर्न नभई अन्त्यका लागि सुलेमानी मारिएको प्रतिक्रिया दिएका छन् ।

‘अमेरिकाले युद्ध अन्त्यका लागि इरानको उच्च सैन्य कमान्डर कासिस सुलेमानीलाई मारेको हो । युद्ध सुरु गर्न होइन’, अमेरिकी राष्ट्रपतिको भनाइ कोट गर्दै बीबीसीले लेखेको छ ।

शुक्रबार बग्दादको विमानस्थलमा गरिएको आक्रमणपछि आतंकको शासन अन्त्य भएको टिप्पणी पनि ट्रम्पले गरेका छन् ।

तर, इरानले आफ्ना सैन्य कमान्डरको हत्यामा जिम्मेवारमाथि उचित बदला लिने चेतावनी दिएको छ ।

इरानको यस्तो चेतावनीसँगै दुई देशबीचको तनाव थप बढ्ने ठानिएको छ ।

अमेरिकी अधिकारीहरूले अतिरिक्त ३ हजार सैनिक सावधानीका लागि मध्यपूर्वमा पठाइने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?