
२३ पुस, काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले बी एण्ड सी मेडिकल कलेजका सञ्चालकसँग घुस मागेको आरोप खण्डन गरेका छन् ।
बी एण्ड सीका सञ्चालक दुर्गा प्रसाईंले बुधबार पत्रकार सम्मेलन गरी केलजलाई सम्बन्धन दिन उपाध्यक्ष गिरीले २० करोड रुपैयाँ मागेको आरोप लगाएका थिए ।
तर गिरीले त्यसलाई खण्डन मात्र गरेनन्, मानहानी गरेकाले कानूनी उपचार खोज्ने चेतावनी दिएका छन् । बुधबार नै पत्रकार सम्मेलन गरेर गिरीले भने, ‘आरोप सुनेर आश्चर्य लाग्यो । यो कपोलकल्पित हो र मलाई खेद छ ।’
उनले अघि भने, ‘यो विकृत मनस्थिति भएका व्यक्तिले लगाएको आरोप हो । यसमा सत्यता छैन ।’
आफू १५ मंसिरमा द्धारिका होटल नै नगाएको र प्रसाईंसँग भेट नभएको उनले बताए । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीले भने, ‘यो आरोप पुष्टि गर्न चेतावनी दिन्छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4