+
+

२ सय करोड क्लबमा ‘तान्हाजी’, बरुणको ‘स्ट्रिट डान्सर’लाई अप्ठ्यारो

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १२ गते १३:५५

चलचित्र ‘तान्हाजी’ले बक्स अफिसमा आफ्नो आक्रामक रफ्तारलाई कायमै राखेको छ । रिलिज भएको दोश्रो सातामा आइपुग्दा चलचित्रले २ सय करोड बढी कमाई गरिसकेको छ । नायक अजय देवगणको करिअरमा २ सय करोड बढी कमाउने यो दोश्रो चलचित्र हो ।

दुई सातामै १९७ करोडको कमाई गरेको यो चलचित्रले तेश्रो सातामा आइपुग्दा २ सय करोडको आँकडा छोएको हो ।

तेश्रो साताको शुक्रबार ५.३८ करोडको कमाई गरेको यो चलचित्रले शनिबार ९.५२ करोडको कमाई गर्यो । विशेषगरि, महाराष्ट्रमा यो चलचित्रको व्यापार आक्रामक छ । चलचित्रले हालसम्म २१२ करोड कमाइसकेको छ ।

यो चलचित्रको आक्रामक व्यापारले शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘स्ट्रिट डान्सर’लाई केही असर परेको छ । बरुण धवन र श्रद्धा कपुरको मुख्य भूमिका रहेको यो चलचित्रले शुक्रबार १० करोडको ओपनिङ गरेको थियो । शनिबार भने चलचित्रको व्यापार १३ करोड माथि छ । दुई दिनमा चलचित्रले २३.४७ करोडको कमाई गर्यो ।

यस्तै, नायिका कंगना रनावतको मुख्य भूमिका रहेको चलचित्र ‘पंगा’ले दुई दिनमा ८.३१ करोडको कमाई गरेको छ । शुक्रबार २.७० करोडको व्यापार गरेको चलचित्रले शनिबार ५.६१ करोडको कमाई गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?