+
+

धेरै सुकिलो-मुकिलो बनाउँदा बालबच्चा रोगी

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १४ गते १३:५०

बालबच्चालाई कसरी हुर्काउने ? अहिलेका आमाबुवा धेरै सचेत र सर्तक छन् । बालबच्चालाई कसरी खेलाउने, कसरी बोलाउने, कसरी ख्वाउने भन्ने विषयमा पनि चासो राखिरहेका हुन्छन् । तर, यस्तै चक्करमा परेर धेरै आमाबुवाले आफ्ना बालबच्चालाई आवश्यक्ताभन्दा बढी स्यहार-सुसार गरिरहेका हुन्छन् ।

बालबच्चालाई खुला रुपले हुर्कन दिनुपर्छ । तर, बालबच्चा राम्ररी हुर्काउने चक्करमा आमाबुवाले उनीहरुमाथि अनावश्यक हस्तक्षेप एवं नियन्त्रण गरिरहेका हुन्छन् । जब बालबच्चा हिलो माटो खेल्न थाल्छन्, आमाबुवाले रोक्छन् । जब बालबच्चा घर बाहिर दगुर्न थाल्छन्, आमाबुवाले रोक्छन् । जब बालबच्चा हिलो-पानी खेल्न थाल्छन्, आमाबुवाले रोक्छन् ।

जथाभावी फोहोर खेल्न थालेपछि आमाबुवाले रोक्छन् । छोराछोरीलाई सुकिलो-मुकिलो राख्न खोज्छन् । तर, एक अध्ययनबाट के थाहा भएको छ भने, ‘जीवाणुमुक्त जीवनशैली’ को कारण बच्चामा केही प्रकारका क्यान्सरको खतरा बढिरहेको छ ।

हुन् । हाम्रो प्रतिरक्षा प्रणालीले शरीरमा रोग लाग्नबाट सुरक्षा प्रदान गर्छ । बालकबाट जति जति तपाईं हुर्कदै जानुहुन्छ, तपाईको प्रतिरक्षा प्रणालीले थरीथरीका भाइरस एवं ब्याक्टेरियासँग लडेर, जितेर बलियो हुँदै आउँछ ।

अर्थात प्रतिरक्षा प्रणाली पनि शरीरसँगै विस्तारै विस्तारै बिकास हुन्छ । विज्ञका अनुसार सरसफाईमा विशेष ध्यान दिनाले आफ्ना बच्चालाई जीवाणु एवं ब्याक्टेरियाको पहुँचबाट टाढा राखिन्छ । यसले बच्चा सफा त हुन्छ  तर उनीहरुको प्रतिरक्षा प्रणालीमा जीवाणु एवं ब्याक्टेरियासँग लड्ने क्षमता विकास हुन पाउँदैन ।

सामान्यत जीवाणु भन्नसाथ रोग निम्त्याउने कारक मानिन्छ । तर, मानिसको स्वास्थ्यमा भने दुई किसिमको जीवाणु पाउन सकिन्छ । एक, खराब जीवाणु जसले शरीरमा अनेक किसिमको संक्रमण निम्त्याउँछ । अर्को चाहि ‘असल जीवाणु’ जसले प्रत्यक्ष रुपमा शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।

एक शोध अनुसार आधुनिक एवं उच्च बर्गमा ब्लड क्यान्सर बढी पाइएको छ । यसको कारण यो हुनसक्छ कि, विलासी र सुकिलो-मुकिलो जीवनशैली यो रोगको कारण हो । जन्मिएको पहिलो बर्ष शिशु ‘असल जीवाणु’ र केही ‘खराब जीवाणु’को सम्पर्कमा रहन पाएन भने, उनीहरुको प्रतिरक्षा प्रणाली यस किसिमको भाइरससँग लड्नका लागि सक्षम हुँदैन । यही कारण जब अचानक बच्चा कुनै जीवाणुको सम्पर्कमा आउँछन्, जब उनीहरुको प्रतिरक्षा प्रणाली फेल हुन्छ र केही समस्या देखापर्न थाल्छ ।

ल्यूकेमिया खतरा

प्रतिरक्षा प्रणाली कमजोर भएपछि जुन क्यान्सरको सबैभन्दा बढी खतरा हुन्छ, त्यो हो ल्यूकेमिया । यो रगतसँग जोडिएको एक क्यान्सर हो, जो कमजोर प्रतिरक्षा प्रणाली भएका बच्चामा कुनै किसिमको संक्रमणले फैलन सक्छ । यसको सबैभन्दा खतरा २० बर्षभन्दा कम उमेरको बच्चामा हुन्छ । अहिले धेरैजसो ल्युकिमियाको कारण बच्चाहरुको मृत्यु दर बढेको छ ।

ध्यान राख्नैपर्ने कुरा

यो अध्ययनबाट के थाहा भएको छ भने, बालबच्चालाई धेरै सरसफाई राख्ने चक्करमा उनीहरुको प्रतिरक्षा प्रणाली नै कमजोर हुनपुग्छ । किनभने उनीहरुको प्रतिरक्षा प्रणालीले ब्याक्टेरियासँग लड्ने क्षमता गुमाउँछ । यसो भन्दैमा बच्चालाई फोहोर,मैलामा राख्नुपर्छ भन्ने होइन । यद्यपी बच्चालाई धेरै कृतिम रुपमा हुर्काउने, माटो, पानी, झार, जंगलको सम्पर्कमा जानै नदिने गर्नु हुँदैन । उनीहरुलाई सकेसम्म प्राकृतिक रुपले हुर्कने वातावरण मिलाउनु पर्छ ।

–     बच्चलाई दिनभर घरभित्र बन्द गरेर नराखौं । बच्चालाई प्रकृतिको सम्पर्कमा लानुपर्छ । उनीहरुलाई घरबाहिरको दुनिया पनि देखाउनुपर्छ ।

–     बाहिरको हावा, माटो, पानी, वातावरण जस्ता कुरा बच्चाको स्वास्थ्यका लागि एकदमै जरुरी छ । मनसुनको समयमा थोरै सर्तकता अपनाउनुहोस् ।

–     प्राकृतिबाट भिटामिन एन मिल्छ, जो बच्चाको मानसिक विकासका लागि महत्वपूर्ण मानिन्छ ।

–     घामबाट भिटामिन डि मिल्छ, जसले हड्डीको विकासमा सघाउ पुर्‍याउँछ ।

–     बच्चालाई इनडोर गेमका साथसाथै, आउटडोर गेममा पनि प्रोत्साहित गर्नुपर्छ ।

–     दही जस्ता पेय पदार्थले बच्चाको प्रतिरक्षा प्रणाली बलियो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?