+
+

नेकपाका आलिताल अध्यक्षमाथि कुटपिट

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १७ गते १६:२९

१७ माघ, कैलाली । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का आलिताल गाउँपालिका कमिटीका अध्यक्षमाथि कुटपिट भएको छ ।

डडेल्धुराको आलिताल गाउँपालिका कमिटीका अध्यक्ष ज्ञानेन्द्र जोशीमाथि कुटपिट भएको हो । शुक्रबार दिउँसो बैठकमा सहभागी हुन गइरहेका बेला जोशीलाई अज्ञात समूहले अपहरण गरी कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

जोशीलाई मुकुन्डो लगाएर आएको समूहले अपहरण गरी कुटपिट गरेको आलिताल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमलप्रसाद जोशीले बताए।  कुटपिटबाट जोशीको खुट्टा, टाउको र हातमा गम्भीर चोट लागेको छ । जोशीलाई उपचारका लागि धनगढी ल्याइएको छ ।

घटना लगत्तै नेकपा डडेल्धुराले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्सना गरेको छ । नेकपा डडेल्धुराका सचिव वीरेन्द्रकुमार बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा अपहरण र कुटपिटमा संलग्नको खोजी गरी कारबाहीको माग समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?